महाशिवरात्रीका लागि पशुपति क्षेत्रमा भित्रियाे बाबाहरू
काठमाडाैं, १२ फागुन । पशुपति क्षेत्रमा लाग्ने महाशिवरात्री पर्वका लागि साधु सन्तहरू भित्रिनेक्रम जारी छ ।
पशुपतिनाथ क्षेत्रमा फागुनकाे १४ गते बुधबार महाशिवरात्री पर्व मनाइँदै छ। महाशिवरात्रीकाे चहलपहलसंगै पशुपति क्षेत्रमा साधु सन्तहरू भित्रिएकाे हाे ।
भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्री मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट साधु सन्तहरू आउने गर्दछन्।
