चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन,२५ फागुन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका-७ का ३५ वर्षीय सुरेश महतो रहेका छन्। उनी खैरहनी नगरपालिकाका स्थायी बासिन्दा हुन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रत्ननगर-७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि शनिबार जङ्गली हात्तीले आक्रमण गर्दा महतोको घटनास्थलमै मृत्यु भएको हो। जङ्गली हात्ती गोविन्देको आक्रमणबाट उनको मृत्यु भएको जनाइएकाे छ।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको निकुञ्जले जनाएको छ।