नेप्सेमा पहिलो दिनमै पहिरो, परिसूचक २१ अङ्कले घट्यो

काठमाडौं, ३ चैत्र । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ। आज नेप्से परिसूचक २१.६३ अङ्कले घटेर २७१४.८५ विन्दुमा पुगेको छ।
आज कुल ३१६ कम्पनीका १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ। ७९ हजार ३१ पटक शेयर किनबेच भएको नेप्सेमा व्यापार समूह बाहेक अन्य सबै समूहको उपसूचक घटेको छ।
आज व्यापार समूह ४.९२ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै २.२५ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंकिङ ०.८०, वित्त १.३९, होटल तथा पर्यटन ०.५३, जलविद्युत् १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.८८, म्युचुअल फन्ड ०.०४, निर्जीवन बीमा ०.७२ र अन्य समूह १.५२ प्रतिशतले घटेका छन्।
आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले सर्वाधिक ८.१९ प्रतिशत कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले ७.९१ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक ५८ करोड ६६ लाख ८ हजार ३४८ रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, कारोबार भएका शेयर सङ्ख्याका आधारमा घलेम्दी हाइड्रो लिमिटेडको ११ लाख ९३ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ।