सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्याे ताेलाकाे ?

काठमाडौँ, ५ चैत । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार १०० ले बढेर हालसम्मकै उच्च मूल्यमा काराेबार भएकाे हाे । आज सुन तोलामा रु एक लाख ७५ हजार २०० कायम भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु एक लाख ७४ हजार ५०० कायम भएको थियो। यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ५० निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।