कांग्रेसका प्रमुख सचेतक घिमिरेले प्रतिनिधिसभा बैठकमै मागे माफी

काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभा बैठकमै माफी मागेका छन्।

चैत्र ३ गते प्रतिनिधि सभामा विशेष समयमा बाेल्दै नेपालमा पर्यटन विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने उनको अभिव्यक्तिमा चौतर्फी आलोचना भएपछि घिमिरेले प्रतिनिधिसभामै माफी मागेका हुन्।

‘मेरो अभिव्यक्ति कांग्रेसको आधिकारिक धारणा होइन। मेरो धारणाले माननीय सदस्य र नागरिकको सम्मान गर्दै माफी माग्दछु।’

३ दिनअघि घिमिरेले देशको विकासका लागि यौन व्यवसाय र गाँजा वैधानिक रूपमा खुलाउनुपर्ने तर्क गरेका थिए ।

धेरै देशले यौन व्यवसायलाई मान्यता दिइसकेको भन्दै घिमिरेले भनेका थिए, ‘यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ ।’