चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर भएकाे हाे : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका १४ वटा परम्परागत व्यापारिक नाकाहरू पुनः सञ्चालन गर्ने विषयमा हस्ताक्षर भएकाे बताउनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले आजकाे प्रतिनिधिसभाकाे बैठकमा सांसद भानुभक्त जोशीले सोधेको प्रश्नको जवाफ दिँदै सीमा व्यवस्थापन सम्झौताअन्तर्गत सन् २०१९ मै दुई देशबीच हस्ताक्षर भएको जानकारी गराउनुभएको हाे ।

उहाँले चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र (प्रवेश–पास) उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले ती १४ नाकामध्ये बझाङस्थित उरै भञ्ज्याङ पनि रहेको र सो नाका सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय र कूटनीतिक पहल भइरहेको बताउनुभयो।