सुनको मूल्य घट्यो, ताेलमा कतिमा भयाे काराेबार?

काठमाडौँ, १० चैत । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु नाै सय रूपैयाँ घटेकाे छ ।

शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । चाँदी तोलामा रू १५ ले घटेको छ ।

यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।