नेप्से २३ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको कारोबार

काठमाडौँ, २० चैत । शेयर बजारमा आजको कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ।

आज नेप्से परिसूचक २३.८६ अंकले वृद्धि भई २ हजार सात सय.०४ विन्दुमा पुगेको छ।

नेप्सेका अनुसार, आज कुल ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर ५३ हजार ८८४ पटक किनबेच भएको छ। यसबाट दिनभरिमा कुल ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका समूहगत उपसूचकमध्ये उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वृद्धि व्यापार समूहमा ९.४४ प्रतिशत र वित्त समूहमा ३.१२ प्रतिशतले देखिएको छ।

आज सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।