प्रधानमन्त्रीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडाैं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीकाे सम्बोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ ।

प्रदेशसभाको सम्बोधनपछि प्रधानमन्त्री ओली सिरहामा हुने आम सभालाई सम्बोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।