च्याम्पियन्स लिगमा आर्सनलसँग रियल म्याड्रिड र इन्टर मिलानसँग बायर्न म्युनिख पराजित
लन्डन, २७ चैत । च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधबार आर्सनलले रियल म्याड्रिडलाई ३–० र इटालीको इन्टर मिलानले बायर्न म्युनिखलाई २–१ ले हराएका छन् ।
डक्लन राइसले दुई विश्वस्तरीय फ्रिकिकमा गोल गरेपछि आर्सनलले सर्वाधिक १५ पटकको विजेता रियललाई स्तब्ध पारेको हो । यस जितपछि आर्सनलको सन् २००९ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा फर्कने सम्भावना बलियो भएको छ । खेलको ७५ औँ मिनेटमा मिकेल मेरिनोले तेस्रो तथा अन्तिम गोल गरे । सो खेलमा रियल म्याड्रिका मिडफिल्डर इडुवार्डो कामाभिन्गाले अन्तिम समयमा रातोकार्ड पाएका थिए ।
अर्को क्वाटरफाइनलको पहिलो लेगमा इटालीको इन्टर मिलानले जर्मनीको बायर्न म्युनिखलाई उसकै मैदानमा २–१ ले हरायो । बायर्न म्युनिखले च्याम्पियन्स लिगमा चार वर्षप्छि घरेलु मैदानमा हार वेहोरेको हो । विजयी टिमका लागि लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले गोल गरे । बार्यनका लागि स्थानापन्न खेलाडी थोमस मुलरले गोल गरे । एजेन्सी