दिपेन्द्र सिंह ऐरीको नाममा अर्को विश्वकीर्तिमान

काठमाडौं, २८ चैत । अन्तर्राष्ट्रिय टि२० मा नेपालका दिपेन्द्र सिंह ऐरीको नाममा सर्वाधिक तेज अर्धशतकको त्यस्तो कीर्तिमान छ, जुन बराबरी मात्र हुनसक्छ तोड्न सकिँदैन ।

गत सेप्टेम्बरमा भएको होङजाउ एसियाडमा दिपेन्द्रले लगातार छ छक्कासहित कूल नौ बलमा विश्व कीर्तिमान अर्धशतक बनाएका थिए । दिपेन्द्रको यो कीर्तिमान बराबरी गर्न पनि ब्याट्सम्यानले नौ बलमा नौ छक्का नै प्रहार गर्नुपर्ने हुन्छ । जसको सम्भावना न्यून छ । अझ सो कीर्तिमान बारबरी गर्न दिपेन्द्रले जस्तै क्रिजको आएको पहिलो बलदेखि नै छक्का हान्नुपर्ने हुन्छ । क्रिकेटमा क्रिजमा आउनासाथ छक्का प्रहार गर्नु निकै कठिन मानिन्छ ।

यसैगरी दिपेन्द्रले दुई पटक टि२० अन्तर्राष्ट्रियमा लगातार छ छक्का प्रहार गरेका छन् । एसिसी प्रिमियर कप टि२० प्रतियोगिता २०२४ मा दिपेन्द्रले कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गरी दुर्लभ पालि खेलेका थिए । कतारका मध्यमगतिका बलर कमरान खानले फालेको अन्तिम ओभरमा दिपेन्द्रले लगातार छ छक्का प्रहार गरेका हुन् । हुनत दिपेन्द्रले मङगोलियाविरुद्ध पनि लगातार छ बलमा छ छक्का प्रहार गरेका थिए । तर सो खेलमा दिपेन्द्रले फरक दुई ओभरमा सो गौरव हासिल गरेका हुन् ।

अलराउन्डर दीपेन्द्रले बिहिबार ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अर्को विश्व कीर्तिमान बनाएका छन् । हङकङमा भइरहेको चारदेशीय अन्तर्राष्ट्रिय ट्वाटी–२० श्रृङखलामा कुवेतविरुद्धको खेलमा दपेन्द्रले विना डकआउट भएर सबभन्दा धेरै खेल खेल खेल्ने ब्याट्सम्यान बनेका छन् । उनी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार ६६ पालिमा शुन्यमा आउट भएका छैनन् । यसअघि वेस्ट इन्डिजका मार्लोन सामुयल्सले लगातार ६५ खेलमा डकआउट हुनबाट जोगिएर यो कीर्तिमान बनाएका थिए । कुवेविरद्धको खेलमा दीपेन्द्रले मात्र १२ बलमा ३१ रन बनाएर नेपालको जितमा उपयोगी योगदान दिएका थिए ।