दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयाे, आजै म्याद थप्ने प्रहरीकाे तयारी

काठमाडौं, २९ चैत । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको काकडभिट्टाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । प्रसाईंलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो।

राजसंस्था पुनर्स्थापना गर्न भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रसाईंले गाडी हुइँक्याउँदै सुरक्षा घेरा तोडेका थिए। सुरक्षा घेरा तोडेपछि धकेलाधकेल भएको थियो।

स्थिती तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास, पानीका फोहरा र गोलीसमेत चलाएको थियो। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।

चैत १५ गते अपराह्नदेखि प्रसाईं फरार थिए। प्रदर्शनका मुख्य कमाण्डर बनेका प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ ।

प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *