सुनको मूल्य हालसम्मकै उच्च : आज तोलाको कतिमा भयाे काराेबार ?

काठमाडौँ, ३ वैशाख । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा काराेबार भएकाे छ । आज सुनकाे मूल्य ताेलाकाे रु एक लाख ८७ हजार पुगेकोहाे ।
मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु १० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।