सुनको मूल्य हालसम्मकै उच्च, ताेलाकै १ लाख ९० हजार नाघ्यो

काठमाडौं, ४ वैशाख । सुन हालसम्मकै उच्च मूल्यमा काराेबार भएकाे छ । आज सुन तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ ।

एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेकाे हो । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो ।

अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो ।