सुनको मूल्य घट्यो, कतिमा भयाे काराेबार ?
काठमाडौँ, १२ वैशाख । सुनको मूल्य आज घटेर काराेबार भएकाे छ ।
आज ताेलामा एक हजार रूपैयाँ घटेको हाे । बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।