ललितपुर सिटी लगातार एनएसएल च्याम्पियन
काठमाडौं, १३ वैशाख । ललितपुर सिटी एफसीले शनिबार नेपाल सुपर लिग (एनएसएल)को उपाधि रक्षा गरेको छ । दशरथ रङगशालामा भएको तेस्रो एनएसएलको फाइनलमा ललितपुर सिटीले पोखरा थन्डर्सलाई २–१ ले हरायो । ललितपुर सिटीले अपराजित रहँदै उपाधि जितेको हो । एनएसएलमा ललितपुरको अपराजित यात्र ११ खेल पुगेको छ । पछिल्लो संस्करणमा अन्तिम तीन खेलमा जित हात पारेको ललितपुर सिटी यस सत्रमा आठै खेलमा पराजित भएन । ललितपुर सिटीले उपाध जितेपछि ट्रफीसहित ८० लाख प्राप्त गर्यो । उपविजेता पोखरा थन्डर्सले ३० लाख रुपियाँमा चित्त बुझायो ।
इजिकेल चम्किए
ललितपुरका नाइजेरियाली स्ट्राइरक इमोह इजिकेलले एक गोल गर्नुका साथै एक गोलमा एसिस्ट गरेर ललितपुरलाई च्याम्पियन बनाए । ललितपुरका लागि दोस्रो गोल फ्रान्सेली फरवार्ड पापा इबोउ केबेले गरे पोखरा थन्डर्सका सुदील राईले गरेको गोल सान्त्वना मात्र बन्यो ।
खेलको ४२ औा मिनेटमा मनोज राईको क्रसमा इजिकेलले हेड गोल गरी ललितपुरलाई अगाडी पारेका हुन् । तर खेलको ६३औं मिनेटमा सुदिल राईले बराबरी गोल फर्काए । सुदिलले रिबाउन्डमा प्राप्त बललाई खाली गोलपोस्टमा छिराएका हुन् ।
खेलको ७४ औँ मिनेटम इजिकेलको पासमा केबेले गोल गरेपछि भने पोखरा खेलमा फर्किक सकेन । इजिकेल फाइनलका सर्वश्रेष्ठ खेलाडी घोषत भए । ललितपुर सिटीकैआदित्य शाक्य इनर्जेटिक खेलाडी बने ।
आयुष प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी
तेस्रो एनएसएलमा पोखरा थन्डर्सका आयुष घलानसर्वश्रेष्ठ खेलाडी घोषित भए । आयुषले दुई लाख पचास हजार रुपियाँ प्राप्त गरे । यसैगरी धनगढी एफसीका अहमद हिजाजी सर्वाधिक गोकलर्ता बने । उनले कूल पाँच गोल गरेका थिए । पोखराका प्रिसो सर्वश्रेष्ठ गोलरक्षक बने । हिजाजी र प्रिसोले जनही एक लाख पचास हजार रुपियाँ पाए । ललितपुरका मणि लामा मस्ट इनर्जेटि र सन्तोष क्षेत्री इमर्जिङ प्लेअर अफ दि सिजन बन्नुभयो । यी दुवै एक–एक लाख रुपियाँको हकदार बने । झापा एफसीलाई फेयर प्ले अवार्ड प्रदान गरियो ।