वाेनम्याराे क्यान्सर पीडित चमेली खत्री बचाउन सहयोगको अपिल

काठमाडाैं, २३ वैशाख । सिन्धुपाल्चाेक जिल्लाकाे चाैतारा साँगाचाेकगढी नपा वडा नं १ स्याउले निवासी सराेज विष्टले वाेनम्याराे क्यान्सर पीडित आफ्ना ३६ वर्षीय श्रीमती चमेली खत्री बचाउनका लागी सहयोगको अपिल गरेका छन् ।

तीन महिना अघि उपचारकाे क्रममा वाेनम्याराे क्यान्सर भएकाे रिपाेर्टपछि भएको धेरथोर रकमबाट सकेको उपचार गर्दै आउनुभएका श्रीमान् सराेज विष्टले न्युन आर्थिक अवस्थाकै कारण श्रीमती चमेली खत्री बचाउनका लागी सहयोगको अपिल गर्नुभएकाे हाे ।

चौतारा साँगाचोकगढी नगरपालिका वार्ड नं ३ मा अवस्थित समाज विकास आविका प्रधानाध्यापकसमेत रहेका उनकाे आर्थिक अवस्था कमजाेर भएपछि अहिले सहयाेग अभियान चलिरहेकाे र विभिन्न संघसंस्था तथा व्यक्तिगत गरेर हाल आठ, नाै लाख रूपैयाँ जम्मा भएकाे र उपचारका लागि पच्चिस, तीस लाख रूपैयाँ लाग्ने डाक्टरकाे भनाइ अनुसार आफुसंग भएकाे केही रकमले नपुग्ने भएकाे हुनाले सहयोगको लागि अपिल गर्नुभएकाे बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे “हाल विभिन्न संघसंस्था र व्यक्तिगत सहयाेग गरेर नाै लाख जति रकम जम्मा भएकाे छ मसंग भएका केही रकम र अझै सात, आठ लाख रूपैयाँ सहयाेग रकम जम्मा गर्नसके उपचार गर्न सहज हुन्थ्याे ।

१४ वर्षका छाेरा र १० वर्षीय छाेरीका आमा चमेलीलाइ बचाउन आर्थिक अवस्था कमजोर भएको हुँदा आफ्ना-आफन्त, छरछिमेकीलगाएत सहयोगी मनहरूलाइ श्रीमान् सराेज विष्टले नेपाल इन्भेष्टमेन्ट बैंककाे सराेज विष्टकाे नाममा रहेकाे खाता नं -१०१०५०८०००८६८६ मा सहयाेका निम्ती याचना गर्नुभएकाे छ । थप जानकारीको लागि वाेनम्याराे क्यान्सर पीडितका श्रीमान् सराेज विष्टकाे सम्पर्क नम्बर ९८४९-०६७४८२मा सम्पर्क गर्न सक्नुहुनेछ ।