तोलामा छ सयले बढ्यो सुन, कतिमा भयाे काराबार ?

काठमाडौँ, २५ वैशाख । सुनको मूल्य आज तोलामा रु ६०० ले वृद्धि भएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९५५ मा बेचबिखन भइरहेको छ ।
बुधबार प्रतितोला सुन रु एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।