सगरमाथा संवाद सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौँ, २ जेठ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजित ‘सगरमाथा संवाद’काे विशेष समारोहमा संवादको समुद्घाटन गर्नुभएको छ ।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गर्नुभएको थियो ।

समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् ।