सिन्धु एमालेले सम्झियो मदन–आश्रित

सिन्धुपाल्चाेक, ४ जेठ । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृती दिवस तथा विचार गोष्ठी जिल्ला सदरमुकम चौतारामा मनाइएको छ ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य इश्वरी रिजाल, केन्द्रीय सदस्य सरेश नेपाल र प्रदेश सदस्य हस्त पंडितले तत्कालिन महासचिव भण्डारी र कुशल संगठक आश्रितको जीवनी तथा जनताको बहुदलिय जनवाद बारे विचार राख्नुभयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य निर्मल बञ्जराले कविता मार्फत र प्रेस चौतारी सिन्धुपाल्चोकका अध्यक्ष विदुर आचार्यले मदन भण्डारीका कविता मार्फत स्मरण गर्नुभयो । साथै नेकपा एमालेको चौथो बैठकबाट मनोनित सदस्यहरुको शपथ पनि सोही समारोहमा गरिएको प्रचार विभाग प्रमुख अर्जुन भण्डारीले जानकारि दिनुभयो ।