सुनको मूल्य स्थिर, चाँदीमा सामान्य घट्याे

काठमाडौँ, ६ जेठ । सुनको मूल्य नेपाली बजारमा लगातार तेस्रो दिन पनि स्थिर रहेको छ, भने चाँदीको भाउमा भने सामान्य घटेर काराेबार भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज, सोमबार, छापावाल सुन प्रतितोला रु. १ लाख ८४ हजार ८०० मा कारोबार भइरहेको छ। यो मूल्य पछिल्ला तीन दिनदेखि अपरिवर्तित हो।
यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला रु. ५ ले घटेको छ। सोमबार प्रतितोला रु. १ हजार ९४५ मा कारोबार भएको चाँदी आज रु. १ हजार ९४० मा कारेबार भएकाे महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ३ हजार २२८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।