सुनको मूल्य एक हजार ६०० ले घट्याे, आज कतिमा भयाे काराेबार?

काठमाडौँ, १४ जेठ । सुनको मूल्य मङ्गलबारको तुलनामा आज केही घटेको छ भने चाँदीको भाउ बढेको छ ।

आज सुन तोलामा रु एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी रु १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको रु दुई हजार पाँच निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।