रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल जर्मनीलाई हराएर नेसन्स कपको फाइनलमा
म्युनिख, २२ जेठ । पोर्चुगलले बुधबार राति जर्मनीलाई २–१ ले हराएर नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ । पोर्चुगलले फाइनलमा फ्रान्स अथवा स्पेनमध्ये एकविरुद्ध खेल्नेछ । जर्मनी भने तेस्रो स्थानको खेलमा सहभागी हुनेछ ।
सो खेलमा ४० वर्षीय क्रिस्टियानो रोनाल्डोले टिमको कप्तानी मात्र गरेनन्, निर्णायक गोल पनि उनकै नाममा रह्यो । सो खेलमा पहिलो खेलमा घरेलु टिम जर्मनीले गरेको थियो । खेलको ४८ औँ मिनेटमा फ्लोरियन रिजको गोलबाट जर्मनी अगाडि भएको हो । तर खेलको ६३ औँ मिनेटमा वैकल्पिक खेलाडी फ्रान्सिस्को कोन्सिकाओले लामो दुरीबाट बल गोलपोस्टमा छिराएर खेललाई १–१ ले बराबरीको स्थितिमा ल्याए । पाँच मिनेटपछि रोनाल्डोले निर्णायक गोल गर्नुभयो । रोनाल्डोको यो कीर्तिमान १३७ औँ अन्तर्राष्ट्रिय गोल हो ।
पोर्चुगलले जर्मनीलाई २५ वर्षपछि हराएको हो । पछिल्लो पटक सन् २००० मा भएको युरो कपमा पोर्चुगलले जर्मनीलाई ३–० ले हराएको थियो । एजेन्सी
तस्बिर साभार ः एएफपी