सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भयाे काराेबार ?

काठमाडौँ, २२ जेठ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छ । आज चाँदीको भाउ स्थिर छ ।

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ ।