सुन तोलामा तीन हजारले घट्यो, कतिमा हुँदैछ काराेबार

काठमाडौँ, २५ जेठ । आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ ।
शुक्रबारको तुलनामा स्थानीय बजारमा चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।