सञ्चारकर्मबाट उद्यमशीलतामा दुई पत्रकार, ‘सौम्या कलेक्सन’ मार्फत महिलालाई नयाँ सौगात

काठमाडौं, २७ जेठ । पत्रकारिताको व्यस्त दुनियाँबाट फुर्सद निकालेर दुई महिला सञ्चारकर्मीले फेसनको संसारमा नयाँ यात्रा थालेका छन्।

सञ्चारकर्मी गीता अधिकारी र रिना श्रेष्ठले संयुक्त लगानीमा डिल्लीबजारमा ‘सौम्या कलेक्सन’ नामक फेन्सी स्टोर सञ्चालनमा ल्याएका हुन्, जसको उद्घाटन चर्चित गायिका मञ्जु थापाबाट सम्पन्न भयो।

सोमबार आयोजित उद्घाटन समारोहमा बोल्दै मीठो स्वरकी धनी गायिका थापाले पत्रकारहरूको यो नयाँ कदमको प्रशंसा गरिन्। उनले भनिन्, “सञ्चारकर्मसँगै उद्यमशीलतामा पाइला चाल्नु आफैँमा प्रेरणादायी छ। ‘सौम्या कलेक्सन’ले व्यावसायिक सफलता चुमोस्, मेरो शुभकामना छ।”

महिलाहरूका लागि आधुनिक र गुणस्तरीय पहिरन तथा सामग्रीहरू एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले खोलिएको यो स्टोरमा कला तथा सञ्चार क्षेत्रका हस्तीहरूको जमघटले थप रौनकता थपेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *