सुनको मूल्यमा वृद्धि, चाँदी पनि महँगियो

काठमाडौँ, ४ असार । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख पन्चानब्बे हजार पाँच सय र चाँदीको मूल्य प्रतितोला रु. दुई हजार २२५ तोकेको छ। चाँदीको मूल्यमा पनि रु. ६५ ले वृद्धि भएको हाे।

महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा गत जेठ २७ गतेदेखि नै मूल्य बढिरहेकाले त्यसको असर नेपाली बजारमा परेको हो।