यु–१६ राष्ट्रिय क्रिकेटर सुशीललाई एक लाख
काठमाडौं २७ असार । नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वाधिक लोकप्रिय टिम सुदूरपश्चिम रोयल्सले अण्डर–१६ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सुशील रावललाई अभ्यासका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट छनोट गरिएका ८ जना ‘हिरो’ खेलाडीमध्ये रावल एक हुन्।
सुशील रावलले हालै सम्पन्न सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय एसिसी इस्ट जोन यु १६ कपमानेपाली टोलीबाट खेलेका थिए। उनले नेपाललाई उपाधि जिताउने यात्रामा महत्वपूर्ण योगदान दिएका थिए। सिंगापुरमा सम्पन्न उक्त प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो।