सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, ३१ असार । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन प्रतितोला रु. १ लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ। यो मूल्य सोमबारकै हो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख ९२ हजार ८०० कायम भएको छ।

चाँदीको मूल्य भने आज तोलामा रु. ४० ले घटेको छ। महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु. २ हजार २७५ निर्धारण गरेको छ। सोमबार चाँदी प्रतितोला रु. २ हजार ३१५ मा कारोबार भएको थियो।