सुनको मूल्य तोलामै घट्याे १३ सय, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, ३२ असार । नेपाली बजारमा आज सुनको मूल्य १३ सय रूपैयाँले सस्तिएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १३ सय रूपैयाँले सस्तिएर १ लाख ९२ हजारमा कारोबार भइरहेको हाे ।

यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।