चन्द्रा महिला यु२० टिमको सहायक प्रशिक्षक
काठमाडौँ, साउन ६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङगलबार एएफसी यु२० महिला एसियन कप छनोटका लागि सहायक प्रशिक्षकमा चन्द्रा भण्डारीलाई नियुक्त गरेको छ । नवनियुक्त प्रशिक्षक भण्डारीलाई एन्फा महासचिव किरण राईले एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ।
सो प्रतियोगता भुटानमा अगस्ट २ देखि १० तारिखसम्म हुँदैछ । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल बलियो टोली उत्तर कोरियासहित समूह एमा छ । यस समूहमा आयोजक भुटान, मंगोलिया र साउदी अरब पनि छन् ।