पशुपतिमा ‘खड्ग जात्रा’ सुरु, असुरमाथिको विजयको प्रतीक

काठमाडौँ, २७ साउन । पशुपति क्षेत्रमा मनाइने परम्परागत ‘खड्ग जात्रा’ सोमबार साँझदेखि सुरु भएको छ।

प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन मनाइने यो जात्रा असुरमाथिको विजयको प्रतीकका रूपमा लिइन्छ।

परापूर्वकालमा भएको युद्धमा असुरहरूमाथि विजय प्राप्त भएको खुसियालीमा यो जात्रा मनाइन्छ। जात्राको अर्को रोचक पक्ष पुरुषहरूले नारीको भेष धारण गर्नु हो। युद्धमा नारीलाई मार्न नहुने मान्यता रहेकाले बाँचेका पुरुषले नारीको भेष धारण गरी उत्सव मनाएको विश्वास गरिन्छ।

सोमबार सुरु भएको यो जात्रा आज (मङ्गलबार) अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा सम्पन्न भएसँगै समापन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *