रवी लामिछाने नख्खु कारागारमा स्थानान्तर
ललितपुर, ३१ साउन । सहकारीकाे रकम ठगीको अभियोगमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।
पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ नख्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिनुभयो ।
कारागार सरुवाका लागि लामिछानेले दिएको निवेदनका आधारमा भैरहवा कारागारबाट निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उनलाई नख्खु कारागार ल्याइएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले हवाईमार्गबाट काठमाडौंँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै लामिछानेलाई नख्खु कारागारमा ल्याइएको बताउनुभयो ।