आर्सनलसँग म्यान्चेस्टर युनाइटेड पराजित, चेल्सी बराबरीमा

लन्डन, २ भदौ । आर्सनलले आइतबार राति आइतबार राति प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडलाई उसकै मैदानमा १–० ले स्तब्ध बनाएको छ ।
खेलको १३ औँ मिनेटमा आर्सनलका डिफेनडर रिकार्डो कालाफियरीले गरेको गोल निर्णायक बन्यो । यसअघि अन्य दुई दावेदार लिभरपुल र म्यान्चेस्टर सिटीले पनि जित हात पारेका थिए । यसपटक उपाधि दावेदारको रुपमा हेरिएको अर्को टिम चेल्सी भने क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । चेल्सी क्लब विश्व च्याम्पियन हो भने एफए कप विजेता क्रिस्टल प्यालेसले लिभरपुललाई हराएर कम्युनिटी शिल्ड जितेर यस सत्रको सुरुआत शानदार ढङगले गरिसकेको छ ।
अर्को खेलमा नटिङघम फरेस्टले ब्रेन्टफर्डलार्ई ३–१ ले पराजित गर्यो । सो खेलमा क्रिस उडले दुई तथा पदार्पण गरेका डान नोएले एक गोल गरे । उडले पछिल्ला सत्र २० गोल गरेका थिए । ब्रेन्टफर्डका लागि इगोर थियागोले सान्त्वना गोल गरे ।