सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगियाे

काठमाडाैं, १५ भदाै । आइतबार एकै दिन सुन ताेलाकाे ३ हजार रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आइतबार थप महँगिएको हाे ।

सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।