नेपाल ए लाई टि२० शृङखला

काठमाडौँ, १६ भदौ । नेपाल ‘ए’ ले सोमबार पाँचौँ तथा अन्तिम टि२० खेलमा आसाम प्रदेश क्रिकेट सङ्घलाई ४४ रनले पराजित गरेर पाँच खेलको शृङ्खला ३–२ ले जितेको छ । यसअघि, नेपालले दोस्रो खेल ९६, तेस्रो खेल नौ रन तथा घरेलु टिम आसामले पहिलो खेल १५ र दोस्रो खेल १८ रनले जितेको थियो

गुवाहटीस्थित वर्षापारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्यािटङ गरेको नेपालले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा २०८ रनको विशाल योगफल तयार पारेको थियो । आसामका लागि भर्गव लहकर सर्वाधिक २९ रन बनाए । उनी आउट भएनन् । कप्तान सुमित घाडीगावन्कर र साहिल जैनले २५÷२५ रनको पालि खेले ।

नेपालका लागि शेर मल्ल, आकाश चन्द तथा पवन सराफले दुई÷दुई तथा वसीर अहमद र आदिल आलमले एक÷एक विकेट लिए ।

यसअघि, नेपालका लागि सन्दीप जोराले ३९ बलमा दुई चौका र पाँच छक्कासहित ६४ रनको महत्वपूर्ण पालि खेलेका थिए । शुभ कंसाकारले पनि २६ बलमा चार छक्का र एक चौकासहित ४१ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान इशान पाण्डेले २० बलमा चार चौका र दुई छक्कासहित ३२ को पालि खेले । आदिल आलाम अन्सारीले ११ बलमा तीन छक्कासहित अविजित २५ रन बनाएपछि नेपालको स्कोर दुई सयभन्दा माथि पुगेको हो ।

आसामका लागि आयुष्मान मालाकार र अभिनव चौधरीले दुई÷दुई विकेट लिए ।