जापानी अतिक्रमणमाथिको विजयको ८० औं वार्षिकोत्सवः बेइजिङमा भव्य सैन्य परेड(तस्बिर सहित)

 

बेइजिङ। चीनको राजधानी बेइजिङमा जापानी आक्रमण विरुद्धको चिनियाँ जनप्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धमा विजय प्राप्त गरेको ८० औं वार्षिकोत्सव भव्य समारोहका साथ मनाइएको छ। यस अवसरमा चीनले राजधानीको थ्येनआनमन चोकमा विशाल सैन्य परेड आयोजना गर्‍यो।

चिनियाँ जनताको जापानी अतिक्रमण विरुद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको स्मरणमा आयोजित विशेष समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्वपूर्ण सम्बोधन गरेका थिए। सम्बोधनपश्चात् राष्ट्रपति सीले विशाल सैन्य परेडको अवलोकन तथा निरीक्षण गरेका थिए।

समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ देशका राष्ट्र तथा सरकार प्रमुखहरूले भाग लिएका थिए। उक्त स्मृति समारोहमा सहभागी विदेशी पाहुनाहरूले चीनको विजयको ८० औं वार्षिकोत्सवप्रति ऐक्यबद्धता जनाएका थिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *