होर्मुज जलडमरूमध्यको पूर्वी क्षेत्रमा समुद्री सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी

काठमाडौं । होर्मुज जलडमरूमध्यको पूर्वी क्षेत्रमा समुद्री सुरुङ (माइन) मा ठोक्किएपछि एउटा तेल ट्यांकरमा आगलागी भएको इरानी नौसेनाले जनाएको छ।

इरानको फार्स समाचार एजेन्सीका अनुसार इरानी नौसेनाले जारी गरेको विज्ञप्तिमा उक्त ट्यांकरले चेतावनी बेवास्ता गरेको र आफ्नो नेभिगेसन प्रणाली बन्द गरेको उल्लेख छ।

नौसेनाका अनुसार निगरानीका क्रममा पहिचान गरिएको उक्त ट्यांकरलाई चेतावनी दिइएको थियो। तर, चेतावनीको अवज्ञा गर्दै अघि बढेको ट्यांकर होर्मुज जलडमरूमध्यको पूर्वी क्षेत्रमा पुगेपछि समुद्री सुरुङमा ठोक्किएको थियो। त्यसपछि ट्यांकरमा आगलागी भएको र बीचमै रोकिएको इरानी नौसेनाले जनाएको छ।

यसैबीच, इरानी रिभोलुसनरी गार्डका प्रमुखले आफ्ना सैनिकहरू शत्रु सेनालाई निकै टाढासम्म पछि धकेल्न तयार रहेको बताएका छन्। उनले युद्धका क्रममा अमेरिका र इजरायलले ‘ठूलो रणनीतिक धक्का’ बेहोरेको दाबीसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *