काठमाडौँको येँःयाको प्रतिबिम्ब अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन

काठमाडौँ, भदौ २१ । अष्ट्रेलियाको मेलबर्नमा पहिलो इन्द्रजात्रा (येँया पुन्ही) महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । नेवा गुथी मेलबर्नद्वारा अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रमा आयोजित यस ऐतिहासिक समारोहमा मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायको उत्साहजनक सहभागिता थियो । यस महोत्सवले काठमाडौँको इन्द्रजात्राको सयौँ वर्ष पुरानो परम्परालाई मेलबर्नमा प्रस्तुत गर्दै नेवा समुदायको समृद्ध सांस्कृतिक विरासतलाई प्रदर्शन गरेको छ ।

महोत्सवको मुख्य आकर्षणमा देवता गणेश, भैरव र जीवित देवी कुमारीको रथयात्रा थियो। परम्परा र सशक्तिकरणको अद्भुत मिश्रणका रूपमा नेपाल समुदायका महिलाहरूले गर्वका साथ रथ तानेका थिए । कार्यक्रममा लाखे नाच र मनोरञ्जक पुलुकिसी (हात्ती) नाच पनि प्रस्तुत गरिएको थियो, जसले सबै उमेरका दर्शकहरूलाई मोहित पारेको थियो ।

पारम्परिक समय बाजी प्रदर्शनमार्फत अतिथिहरूलाई नेवा परिकारको वास्तविक स्वाद प्रदान गरिएको थियो । विभिन्न स्टलहरूमा नेपाली खानाका परिकार, कला र हस्तकला प्रदर्शनी गरिएको थियो, जसले पुस्ताहरूलाई जोड्ने र सांस्कृतिक आदानप्रदानको वातावरण सिर्जना गर्‍यो ।

कार्यक्रममा नेपालका  कन्सुल,  निराजन गौली, बहुसांस्कृतिक मामिलाका मन्त्री, सुश्री इन्ग्रिड स्टिटले सहित पदाधिकारीले नेपालका मौलिक जात्राको प्रशंसक रहेको बताउनुभयो । मेलबर्नमा आयोजित यो पहिलो इन्द्रजात्राले येँया पुन्हीका परम्पराहरूलाई पुनर्जीवित मात्र गरेन । तर, महोत्सवको मूल भावनालाई पनि प्रतिबिम्बित गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *