घाइते सैनिकहरूको समर्थनमा राजकुमार ह्यारीको आकस्मिक युक्रेन भ्रमण

काठमाडौँ, भदौ २७ । बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ। यो उहाँको चार वर्षभित्रको दोस्रो भ्रमण हो । ह्यारीले स्थापना गरेको ‘इन्भिक्टस खेलकुद प्रतियोगिता’ घाइते, रोगग्रस्त वा सेवामा रहेका सैनिक तथा पूर्वसैनिकका लागि प्यारालिम्पिक शैलीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । युक्रेन समेत यस खेल आयोजना गर्न दावेदार मुलुकमध्ये एक हो ।

उहाँका प्रतिनिधिहरूले आगमनको पुष्टि गर्दै सैनिकहरूको पुनःस्थापना र उपचार प्रक्रियामा उहाँको निरन्तर सहयोग रहने जनाएका छन् । राजधानीतर्फको रात्रि रेलयात्रामा ह्यारीले गार्डियनसँग भन्नुभयो, “हामी युद्ध रोक्न सक्दैनौँ, तर पुनःस्थापनाको यात्रामा सकेसम्म सहयोग गर्न सक्छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *