‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ, चुनाव सम्पन्न गराउने काममा सहयोग गरौँँ’ – राष्ट्रपति पौडेल
काठमाडौँ, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले, उन्नत लोकतन्त्रको बाटोमा अगाडि बढ्ने अवसर रहेको बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै यहाँले भन्नुर्भएको छ, ‘अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’
‘तसर्थ, बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।’ विज्ञप्तिमा उल्लेख छ ।