विश्वभर १४६ भूमि तथा वातावरण रक्षकको हत्या: ग्लोबल विटनेस प्रतिवेदन
काठमाडौँ, असोज १ । सन् २०२४ मा विश्वभर भूमि र वातावरण संरक्षणमा संलग्न १४६ जना व्यक्तिको हत्या भएको छ । मानव अधिकार संरक्षण संस्था ‘ग्लोबल विटनेस’ ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, यीमध्ये करिब एक तिहाइ घटना कोलम्बियामा भएका छन् ।यो संख्या सन् २०२३ को १९६ भन्दा कम भए पनि, यसले रक्षकहरूको अवस्था सुधारिएको भन्ने संकेत नदिने गरी धेरै देशमा यस्ता घटनाहरू पूर्ण रूपमा रिपोर्ट नहुने समस्या रहेको संस्थाले जनाएको छ।
प्रतिवेदनमा ल्याटिन अमेरिका क्षेत्रमा सबैभन्दा बढी यस्ता घटना भएको उल्लेख छ, र कोलम्बिया वातावरणीय रक्षकहरूको लागि विश्वकै सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ । यी रक्षकहरूमा साना किसान, आदिवासी समुदायका सदस्य, पत्रकार, कानुन व्यवसायी, वन रक्षक लगायत भूमिको संरक्षणमा काम गर्ने विभिन्न व्यक्तिहरू पर्दछन् ।
कोलम्बियामा सन् २०२४ मा ४८ जना रक्षकको मृत्यु भएको थियो । जुन अघिल्लो वर्षको ७९ भन्दा कम हो । रिपोर्टले लागुऔषध कारोबारदेखि अवैध खानीसम्मका क्रियाकलापहरूले जैविक विविधताले भरिपूर्ण क्षेत्रहरूमा असर पुर्याएको उल्लेख गरेको छ ।
ग्वाटेमालामा २०, मेक्सिकोमा १९, ब्राजिलमा १२ र फिलिपिन्समा ८ जना रक्षकको मृत्यु वा बेपत्ता हुने घटना भएका छन् ।
ट्रेन्डिङ
सबै
१
३
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
सम्बन्धित खबर
