रुकुमपूर्व र बागलुङको सिमानामा भूकम्पको धक्का
काठमाडौँ, १ असोज । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर आज राति ८ः२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो ।