एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँगको खेलका लागि प्रारम्भिक टोली चयन

काठमाडौँ, ५ असोज । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोष्णा गरिएको छ । प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणको प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाएका छन् ।

एफसी एसिया कप छनोट २०२७ अन्तर्गत नेपालले भियतनामसँगको दुवै खेल उसकै मैदानमा खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालाको मैदान अयोग्य भएपछि नेपालले भियतनाममै खेल्नु परेको हो । नेपाल समूह एफमा तीन लगातार अवे खेल खेल्ने टिम बन्नेछ । नेपाल पछिल्ला दुवै खेल हारेर अङ्क तालिकामा अन्तिम स्थानमा रहेको छ । भियतनाम दुई खेलपछि तीन अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल र भियतनामबिचको पहिलो खेल अक्टोबर ९ मा बिन्ह डुओङ रंगशालामा हुनेछ । नेपालले आप्mनो होम म्याचका लागि थोङ न्हाट रंगशालालाई चयन गरेको छ । दोस्रोे खेल अक्टोबर १४ मा हुनेछ ।

नेपालको प्रारम्भिक टोली ः अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन बिष्ट, अञ्जल श्रेष्ठ, एरिक बिष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दिप कार्की, दिनेश हेन्जन, दिपेन्द्र बिक, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कृतिश छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि लामा, मनिष डाँगी, निराजन धामी, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समीत श्रेष्ठ, सनिश श्रेष्ठ, सन्तोष खत्री, सुवास बम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *