‘ट्रम्पको भूमिकाले भारत-पाकिस्तान युद्ध टर्‍यो’ – सहवाज सरीफ

काठमाडौँ, असोज ११ । पाकिस्तानका प्रधानमन्त्री सहवाज सरीफले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको विनाशकारी युद्ध रोक्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै शरीफले ट्रम्पको हस्तक्षेपबिना युद्धको परिणाम भयावह हुन सक्ने बताउनुभयो ।

“यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तान तनावमा दखल नदिएको भए, युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो ।” सरीफले बताउनुभयो । 

उहाँले भारतले पहलगाम घटनालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाउँदै पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार सबै विषय वार्ता र संवादमार्फत समाधान गर्न इच्छुक रहेको बताउनुभयो । शरीफले पाकिस्तान बाहिरी आक्रमणबाट आफ्नो पूर्ण रक्षा गर्ने र शान्ति चाहेको उल्लेख गर्दै भारतसँग बाँकी सबै मुद्दामा व्यापक र प्रभावकारी वार्ताका लागि पाकिस्तान तयार रहेको धारणा राख्नुभयो ।

भारतको प्रतिक्रिया:

भारतले भने भारत-पाकिस्तान संघर्ष रोक्न कुनै तेस्रो पक्षको भूमिका थियो भन्ने कुरालाई लगातार अस्वीकार गर्दै आएको छ। हालै एक अन्तर्वार्तामा भारतीय विदेशमन्त्री एस जयशंकरले भन्नुभएको थियो, “धेरै वर्षदेखि यो राष्ट्रिय सहमति छ कि पाकिस्तानसँगका सबै विषयहरू आपसी अर्थात् द्विपक्षीय रूपमा मात्रै समाधान हुन्छन्।”

भारतले पहलगाम हमलापछि भारतीय सेनाले ‘अपरेशन सिंदूर’ अन्तर्गत पाकिस्तानस्थित नौवटा आतंकवादी शिविर नष्ट गरेको र १०० भन्दा बढी आतंकवादी मारिएको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *