भारतलाई नवौँ पटक एसिया कप

दुबई, १३ असोज । भारतले अन्तिम ओभरसम्म चलेको फाइनलमा पाकिस्तानलाई हराएर एसिया कपको उपाधि जितेको छ । भारतले आइतबार राति पाकिस्तानलाई दुई बल बाँकी छँदा पाँच विकेटले पराजित गरेको हो । भारतले कीर्तिमान नवौँ पटक एसिया कप जितेको छ । पाकिस्तान तेस्रो पटक एसिया कप जित्ने दाउमा थियो यी दुई टिमबिच पहलो पटक एसिया कपको फाइनल भएको हो ।
तिलक वर्माले ५३ बलमा अविजित ६९ रन बनाएपछि भारतले बल्लतल्ल जित हात पार्यो । २० औँ ओभरमा उनले ह्यारिस राउफको बलिङ प्रहार गरेको छक्काले पनि जित सम्भव भयो भारतलाई अन्तिम ओभरमा खेल जित्न दस रन बनाउन आवश्यक भएको थियो ।
पहिले ब्याटिङ गरेको पाकिस्तान १९.१ ओभरमा १४६ रनमा अलआउट भएको थियो । एक समय एक विकेटको क्षतिमा ११३ रनको राम्रो स्थितिमा रहकेो पाकिस्तानले त्यसपछि ३९ बलमै थप ३३ रनमा नौ विकेट गुमाएको हो । यद्यपि सो स्कोर पनि पाकिस्तानले रक्षा गर्ने ुिस्थति देखएको थियो । भारतले जवाफमा चार ओभरमै २० रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो । तर तिलक र शिवम दुबे (३३ रन)ले चौथो विकेटका लागि ६० रनको साझेदारी गरी भारतलाई खेलमा फर्काए । सञ्जु साम्सनले पनि २४ रनको उपयोगी योगदान दिए । तेज बलर फहिम असरफले तीन विकेट लिर भारतलाई समस्यामा पारेका हुन् ।
यसअघि, पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान साहिबजादा फरहानले ३८ बलमा ५७ र फकर जमानले ३५ बलम ४६ रनको पालि खेलेपछि पाकिस्तान विशाल स्कोरतर्फ अग्रसर थयो । पाकिस्तानले विना विकेटको क्षतिमा ८४ रन बनाइसकेको थियो । त्यसपछ तेस्रो क्रमका ब्याट्सम्यान सइम अयुब (१४ रन) मात्र दोहोरो अङ्कमा रन बनाउने ब्याट्सम्यान थिए ।
स्पीनर कुलदिप यादवले ३० रनमा चार वकेट लिए । जस्प्रित बुम्राह, वरुण चक्रवर्ती र अक्सर पटेले दुई–दुई विकेट हात पारे ।
भारतमा अभिषेक शर्मा प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए ।