नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस फेडेरेसनबीच पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर

अल्माटि (काजकिस्तान), १४ असोज । नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस फेडेरेसन बीच आपसी सहकार्य, मैत्रीपूर्ण प्रगाढ सम्बन्ध बिस्तार तथा चेस खेलको दीर्घकालीन विकासलाई लक्षित गर्दै मझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त ऐतिहासिक सम्झौतापत्रमा काजकिस्तान चेस फेडेरेसनका कार्यकारी निर्देशक गुलमिरा डाउलेटोभा र नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले हस्ताक्षर गरेका छन्।
समझदारीपत्र अनुसार दुबै देशका खेलाडी, प्रशिक्षक तथा प्रतिनिधिको नियमित भ्रमण गराउने र संयुक्त चेस प्रशिक्षण शिविर सञ्चालन, कार्यशाला, गोष्ठी तथा प्रतियोगिता आयोजना गरेर दुबै मुलुकका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रतिस्पर्धी बनाउन सहकार्य गरिनेछ ।
चेस खेल प्रतिनिधिलाई प्राविधिक रुपमा व्यवसायिक तालिम प्रदान गर्ने जसमा स्रोत व्यवस्थापन, शैक्षिक क्षेत्रको कार्यक्रम अन्तर्गत अनुभवीय असलि अभ्यासहरू साटासाट गर्ने उल्लेखनीय सहमति पनि गरिएको छ ।
यसै समझदारीपत्र कार्यान्वयनका लागि दुबै पक्षले संयोजक तोक्ने र हरेक वर्ष प्रगतिको मूल्याङ्कन गर्दै आगामी गतिविधिको मार्गचित्र तय गर्ने व्यवस्था गरिएको छ ।
दुई देशीय टोली आउने जाने कार्यक्रम तथा संयुक्त गतिविधि हुने समयमा लाग्ने यातायात, आवास र खाना खर्च पठाउने फेडेरेसनले व्यहोर्नेछ भने प्रायोजक एवं श्रोत व्यवस्थापनका लागि दुवै पक्षको सक्रियता रहनेछ ।
यो समझदारीपत्र पाँच वर्ष सम्म लागु हुनेछ आपसी ।हमतिमा समयावधि बढाउन सकिने बताइएको छ । यस सम्झौताले नेपाल र काजकिस्तान बीच चेस खेल मार्फत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्दै दुवै मुलुकका खेलाडीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।