मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी, अन्तिम खेलले शृङ्खला विजेताको छिनोफानो

काठमाडौ, २१ असोज । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलाअन्तर्गत चौथो खेलमा नेपालले मङगलार घरेलु टिम मलेसियालाई छ विकेटले पराजित गरेको छ ।
यस नतिजासँगै पाँच खेलको शृङ्खला २–२ ले बराबरीको स्थितमा आएको छ । अब बुधबार हुने पाँचौँ तथा अन्तिम खेलले शङ्खला विजेताको छिनोफानो गर्नेछ । यसअघि, मलेसियाले पहिलो खेल १३ र तेस्रो खेल तीन रनले जितेको थियो । नेपालले दोस्रो खेल मलेसियालाई छ विकेटले नै पराजित गरेको थियो ।
मलेसियाका क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालले १७.३ ओभरमा चार विकेटको क्षतिमा ११५ रन बनाएर लक्ष्य पूरा गर्यो ।
कप्तान इन्दु वर्माले अविजित ४८ रन बनाएरपछि नेपालको जित सहज बन्यो । पूर्व कप्तान रुविना क्षेत्री पनि २३ रनको उपयोगी पालि खेलेर अन्तसम्मम आउट भइनन् । यसैगरी कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाए । मलेसियाका लागि आइना हमिजा हसिम, नुर डानिया स्युहदा, माहिरा इज्जती इस्माइलले विकेट लिए ।
यसअघि मलेसियाका लागि मध्यक्रमका ब्याटर मास एलिसाले अविजित ५६ रन बनाउनुभएको थियो । उनले ६३ बलको सामना गरी पाँच चौका प्रहार गरिन् । यसैगरी माहिरा माहिरा इज्जती इस्माइलले १८ र नुर डानिया स्युहदाले १५ रन योगदान दिए ।
नेपालका लागि कविता कुँवरले चार ओभरमा मात्र दस रन खर्चेर तीन विकेट लिएकी थिइन् । ब्याट्बाट पनि उपयोगी योगदान दिएर अलराउन्डर खेल देखाउने कविता प्लेअर अफ दि म्याच पनि बनिन् । नेपाल लागि पूजा महतो र कविता जोशीले एक–एक विकेट लिए ।