आज नेपाल र भियतनामको आमनासामना
काठमाडौँ, २३ असोज । नेपालको राष्ट्रिय फुटबल टिमले बिहिबार भियतनामसँग खेल्दैछ । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपालले भियतनामसँग हो चिन मिनको बिन्ह डुओङ रंगशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजे खेल्नेछ । त्यसपछि नेपालले अक्टोबर १४ मा नेपालले भियतनाममै होम म्याच खेल्नेछ । नेपालले आप्mनो होम म्याचका लागि थोङ न्हाट रंगशालालाई चयन गरेको छ । खेल तालिकाअनुसार दोस्रो खेल खेल्न भियतनामको टिमले नेपाल भ्रमण गर्नुपर्ने थियो । दशरथ रङगशालाको मैदान अयोग्य भएपछि नेपालले घरेलु मैदानमा खेल्ने अर्को अवसर गुमाएको हो ।
तीन अङ्कका लागि खेल्ने
नेपालका प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध आज हुने खेलमा तीन अङकका लागि खेल्ने बताए । उनी भन्छन्– तीन अङ्क नआए एक अङक भएपनि प्राप्त गर्नेछौँ । पछिल्लो पटक लाओसविरुद्धको प्रदर्शन निराशाजानक थियो । हामी आफ्नो खेलमा सुधार गरी सोही निराशा मेटाउन यहाँ आएका छौँ । यहाँ हुने दुई खेल नेपाली खेलाडीहरुका लागि आफूलाई प्रमाणित गर्ने ठूलो अवसर हो । मेरा खेलाडीहरु शारिरीक र मानसिकरुपमा तयार छन् ।
नेपाली टिमका कप्तान किरण चेम्जोङले भियतनामसँग सामना गर्न उत्साहित रहेको बताए । सबै खेलाडी यस अवसरका लागि तयारीमा थिए । हामी सकारात्मक नतिजा निकालेर घर फर्कने कोसिस गर्नेछौँ । मलाई थाहा छ, भियतनामको आक्रमण राम्रो छ तर हामी शतप्रतिशत नतिजा दिएर उत्कृष्ट नतिजा निकाल्नेछौँ– किरण भन्छन् ।
हेड टु हेड
नेपालले भियतनामसँग २२ वर्षपछि खेल्न लागेको हो । यी दुई राष्ट्रबिच अहिलेसम्म दुई खेल मात्र भएको छ । सन् २००४ एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणअन्र्तत दक्षिण कोरियाको इन्छनमा भएको पहिलो लेगमा नेपालले भियतनामसँग ५–० ले हार वेहोरेको थियो । त्यसपछि ओमानको मस्कटमा भएको दोस्रो लेगमा पनि भियतनामले नेपाललाई २–० ले हरायो ।
नेपालको स्थिति
चालू प्रतियोगतामा नेपाल अङ्क तालिकाकाु पुछारमा छ । यसअघि नेपालले मलेसियामा २–० र लाओसमा २–१ ले हार वेहोरेको थियो । नेपाल अङ्क तालिकामा अन्तिम स्थानमा रहेको छ । भियतनाम दुई खेलपछि तीन अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
मलेसिया फुटबल संघ फिफाको कारवाहमा परेपछि मलेसियाविरुद्धको खेलमा नेपालले तीन अङ्क प्राप्त गर्ने सम्भावना पनि रहेको छ । जुन छनोटमा नेपालका लागि संजीवनीबुटी हुने छ । त्यसैले पनि भियतनामविरुद्धको दुवै खेल नेपालका लागि महत्वपूर्ण छ ।
नेपाली टोलीः
किरण कुमार चेम्जोङ लिम्बू (कप्तान), विशाल सुनार, दीप कार्की, सुमन श्रेष्ठ, अनन्त तामाङ, अभिषेक लिम्बू, रोहित चन्द, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ, विमल पाण्डे, मणि लामा, रोहन कार्की, एरिक विष्ट, कुशल देउवा, कृतिशरत्न छुन्जु, आयुष घलान, मनिष डाँगी, दिनेश हेन्जन, लाकेन लिम्बू, सुवास वम, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की