इजिप्ट विश्वकप फुटबलमा चयन
कासाब्लान्का (मोरोक्को), २३ असोज । मोहम्मद सलाहले दुई गोल गरेपछि बुधबार राति अफ्रिकी समूहको छनोटमा इजिप्टले जिबिटीलाई ३–० ले हराएर विश्वकप फुटबल प्रतियोगितामा स्थान बनाएको छ । अर्को गाल इब्राहिम आदिलले गरे ।
इजिप्ट एक खेल बाँकी छँदै विश्वकपमा भएको हो । अफ्रिकाबाट इजिप्ट विश्वकपमा पुग्ने तेस्रो टिम हो । यसअघि मोरोक्को र ट्युनिसियाले पनि विश्वकपमा स्थान बनाइसकेका छन् । अफ्रिकाबाट नौ टिम सीधै विश्वकपमा पुग्ने प्रावधान रहकेो छ ।
सलाहको टिम इजिप्टले पछिल्लो पटक सन् २०१८ मा विश्वककप खेलेको थियो । सो संस्करणमा इजिप्टले समूह चरणमा रुस, उरुग्वे र सउदी अरबसँग भएका तीन खेल हारेको थियो ।
घानाले सेन्ट्रल अफ्रिकन रिपब्लिकलाई ५–० ले हरायो । अब घानालाई विश्वकपमा पुग्न अन्तिम खेलबाट एक अङ्क पनि पर्याप्त भएको छ ।